इतिहासमै पहिलो पटक प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अस्वीकृत
१० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
वि.सं.२०८३ असोज २९ बिहीवार ०९:२५
391
shares
shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ ।
उच्च नैतिक चरित्रमाथि प्रश्न उठेपछि सुनार र आर्थिक अनियमितता तथा म्यानपावर व्यवसायीसँगको लेनदेनको आरोपका कारण खरेलको नाम अस्वीकृत गरिएको हो । दुवैलाई नाम फिर्ता लिन अवसर दिइए पनि उनीहरूले अस्वीकार गरेका थिए ।
समितिले अन्य १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम भने थप प्रमाण र स्पष्टीकरण माग गर्दै स्थगित गरिएको छ ।
नेपालको संसदीय इतिहासमा संसदीय सुनुवाइ समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना भएको बताइएको छ ।















