सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण
वि.सं.२०८३ कात्तिक ९ सोमवार १८:१०
322
shares
shares

काठमाण्डौ – सरकारले सरकारी कर्मचारीलाई नयाँ गाडी किन्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ।
प्रस्तावित निर्देशिकाअनुसार मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले ६० लाख, सहसचिवले ५० लाख र उपसचिवले ४० लाख रुपैयाँसम्म ऋण पाउनेछन्। शाखा अधिकृतलाई चार लाख र सहायकस्तरका कर्मचारीलाई दुई लाख रुपैयाँसम्म ऋण दिने प्रस्ताव छ।
ऋणको ब्याज सरकारले व्यहोर्नेछ भने साँवा कर्मचारीले किस्ताबन्दीमा तिर्नुपर्नेछ। सरकारी गाडीको दोहोरो प्रयोग र सञ्चालन खर्च घटाउन सरकारले यस्तो व्यवस्था गर्न लागेको हो।


















