प्रधानमन्त्री दैवी उद्धार कोषमा सशस्त्र प्रहरीले दियो १५ करोड ५० लाख रुपैंयाँ
वि.सं.२०८३ भदौ १९ शुक्रवार ०५:०१
966
shares
shares

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरी बल, नेपालले आफ्नो संगठनका तर्फबाट १५ करोड ५० लाख रुपियाँ जम्मा गर्ने भएको छ ।
कर्मचारीको तलबबाट रकम कट्टा गरी उक्त कोषमा जम्मा गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपालले बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपियाँ राहत उपलब्ध गराउने समेत निर्णय गरेको छ ।
राहत कोषमा योगदानका लागि सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायब महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायब उपरीक्षक र निरीक्षकले १० दिनको, जुनियर अधिकृतले सात दिनको, वरिष्ठ हवल्दारदेखि जवानसम्मले पाँच दिनको तथा सशस्त्र प्रहरी परिचरले तीन दिनको तलबबराबरको रकम योगदान गरेका छन् ।
















