नौ दिनपछि सुरुङबाट उद्धार गरिएका शाह र महर्जनको उपचार हुँदै
वि.सं.२०८३ भदौ १९ शुक्रवार ०७:१४
1.18K
shares
shares

काठमाडौँ । बाढि गएको नौ दिन पछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवित उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको उपचार भइरहेको नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता राजाराम बस्नेतले शाहको उपचार नुवाकोटस्थित त्रिशुली अस्पतालमा भइरहेको जानकारी दिनुभयो।
कोइलाडी- ८, सप्तरी स्थायी ठेगाना भएका ३० वर्षीय शाह माथिल्लो त्रिशुली ३ ‘ए’ मा र काठमाडौँको बालकुमारी-३ घर भएका ४५ वर्षीय महर्जन जलविद्युत स्वचालन परियोजनामा कार्यरत हुनुहुन्थ्यो ।
















