प्रधानमन्त्री शाह र अस्ट्रेलियाली समकक्षी अल्बानिजीबीच फोन संवाद
बाढीबाट नेपालले भोगिरहेको कठिन परिस्थितिप्रति अस्ट्रेलियाको चासो
वि.सं.२०८३ भदौ १९ शुक्रवार १४:१२
1.05K
shares
shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीसँग टेलिफोन संवाद गर्दै विपद्का बेला अस्ट्रेलियाले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ।
शुक्रबार बिहान भएको संवादमा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति र जारी खोज तथा उद्धार कार्यबारे जानकारी गराउँदै अस्ट्रेलियाले उपलब्ध गराएको ड्रोन अपरेटर टोली, राहत सामग्री र आर्थिक सहयोगका लागि धन्यवाद दिनुभयो।
बाढीमा बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजी तीव्र पारिएको जानकारी दिँदै उहाँले खोज, उद्धार, राहत तथा पुनःस्थापनामा अस्ट्रेलियासँग निरन्तर सहकार्य गरिने बताउनुभयो।
वार्तामा अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजीले बाढीबाट नेपालले भोगिरहेको कठिन परिस्थितिप्रति चासो र चिन्ता व्यक्त गर्नुभएको थियो।
















