NIMB Long Banner Ad

बाढीमा परेर अहिलेसम्म १२ सय ९५ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

455
shares

काठमाडौं। विनाशकारी बाढीमा परी शुक्रबार साँझसम्म १,२९५ जनाको शव फेला परेकोे छन् । नेपाल प्रहरीका अनुसार ४,८९८ जना अझै बेपत्ता छन्।

जसमध्ये रसुवामा एक सय ४० जना, नुवाकोटमा एक सय ८६ जना, धादिङमा ६५ जना, चितवनमा तीन सय ५९ जना, गोरखामा ७३ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २२२ जना र नवलपरासी पश्‍चिम एक सय ९४ जना र भारतमा भेटिएको ९नवलपरासी पश्‍चिममा बुझाएको० १८ गरी एक हजार २९५ जनाको शव फेला परेको हो ।

शव पहिचानका लागि मृतक र आफन्तका गरी २ हजार १०६ डीएनए नमुना सङ्कलन गरिएको छ भने पहिचान हुन नसकेका १ हजार २७० शवको विवरण सार्वजनिक गरिएको छ।

उद्धार, खोजी तथा राहतका लागि ७ हजार ९१२ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।