सप्तकोशीको बहाव अझै जोखिमपूर्ण, ५६ मध्ये ३८ ढोका खोलिए
वि.सं.२०८३ असोज १० शनिवार १९:१२
559
shares
shares

सुनसरी — तीन दिनदेखिको वर्षापछि सप्तकोशी नदीको जलसतह अझै जोखिमपूर्ण अवस्थामा रहेको छ। शनिबार दिउँसो कोशी ब्यारेजमा जलसतह २ लाख ९० हजार ३७० क्युसेक मापन गरिएको छ।
बिहान ३ लाख १० हजार १०० क्युसेकसम्म पुगेको बहाव अहिले घट्दो क्रममा रहेको सशस्त्र प्रहरीले जनाएको छ। ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएका छन्।
बहाव जोखिमपूर्ण रहे पनि नदीमा बगेर आउने काठ–दाउरा संकलन गर्न स्थानीयको भीड लाग्ने गरेको छ। बाढीका बेला दैनिक ५० जनाभन्दा बढीले दाउरा संकलन गरी आम्दानी गर्ने गरेका छन्।
स्थानीयका अनुसार एक ट्र्याक्टर दाउरा तथा काठ १० देखि २० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। जोखिमका कारण प्रहरीले दाउरा संकलनमा रोक लगाए पनि स्थानीयले बेवास्ता गर्दै नदीमा पस्ने गरेका छन्।
















