NIMB Long Banner Ad

बीपी राजमार्गमा साना गाडी एकतर्फी चल्न थाले, अरु कुन – कुन सडक संचालनमा आयो ?

1.27K
shares

काठमाण्डौ – बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्गमा साना गाडी एकतर्फी रूपमा चल्न थालेका छन् ।

बाढीले सडक र अस्थायी डाइभर्सन बगाएका ठाउँमा नयाँ डाइभर्सन बनाएर तथा पहिरो पन्छाएपछि गाडी सञ्चालनमा ल्याइएको हो । काभ्रेका चौकीडाँडा, कटुञ्जे, चारसयबेँसी, गिम्दीबेँसी र माम्ती क्षेत्रमा सडक अवरुद्ध भएको थियो ।

चौकीडाँडामा रोशी खोलाको बहाव उच्च रहेकाले खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाडी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीले नदीको बहाव र सडकको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

यसैबीच पहिरोका कारण केही दिनदेखि पूर्ण रूपमा बन्द रहेको काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ पनि आज दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, टिङ्ग्राङखानी, परेवाभीर र बाँगेमोडमा भने सडक अझै अवरुद्ध छ ।

सडक अवरुद्ध हुँदा काठमाण्डौमा रोकिएका ट्रक तथा ठूला बस पनि आजदेखि क्रमशः गन्तव्यतर्फ जान थालेका छन् । कलङ्की, बल्खु र भक्तपुरको सूर्यविनायक क्षेत्रमा सवारीसाधनको चाप बढेको छ