NIMB Long Banner Ad

सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

यस्तो छन् अन्य निर्णयहरु

2.22K
shares

काठमाडौँ, असोज १३ गते । सरकारले सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले पशु वधशाला तथा मासु जाँच ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेका विधेयक पनि संसद्मा पेस गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २० दशमलव ७ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै, विभिन्न सडक तथा जलविद्युत् आयोजना र सशस्त्र प्रहरीका संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिइएको छ ।

मन्त्रिपरिषद्ले सहसचिव आभा श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको प्रमुख सचिव र डा. जगदीश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा बढुवा तथा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ ।