नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ : प्रधानमन्त्री शाह
वि.सं.२०८३ असोज १३ मंगलवार १६:०३
1.37K
shares
shares

काठमाडौँ, असोज १३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनुभएको छ ।
स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको बिदाइ भेटमा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धबारे यस्तो धारणा राख्नुभएको हो । भेटमा उहाँले हालैको बाढीपहिरो तथा विपद्का समयमा भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना पनि दिनुभयो । भेटमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल–भारतबीच विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराउँदै नेपाल सरकार र नेपाली जनतालाई धन्यवाद दिनुभयो ।
















