संवेदनशील सूचना चुहावट गर्ने कर्मचारीमाथी कडा कारबाही गरिने गृहमन्त्रीको चेतावनी
वि.सं.२०८३ असोज २० मंगलवार १२:५२
shares

काठमाडौँ । गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदको हैसियतमा मुहुने गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्तिको वा निकायलाई चुहाए कडा कारबाही हुने भएको छ।
गृहमन्त्री सुधन गुरुङले राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पार्दै यस्तो सूचना चुहावट गर्ने अधिकार कसैलाई नरहेको बताउनु भएको छ।
उहाँका अनुसार राज्यको गोप्य तथा संवेदनशील सूचना बाहिरिएमा त्यसको कारण, प्रभाव र संलग्नताबारे गम्भीरतापूर्वक छानबिन गरिनेछ। त्यस्ता घटनामा आवश्यक अनुसन्धान अघि बढाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन निर्णायक भूमिका खेलिने उहाँको भनाइ छ।
राज्यको सुरक्षाको गोपनीयतामाथि अन्जानमा आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोखिम हुन सक्ने भन्दै उनले कानुनभन्दा माथि कोही नरहेको स्पष्ट पार्नुभएको छ।














