नारायणी नियन्त्रण र नारायणगढ बजार संरक्षण गर्न रविसँग व्यवसायीको आग्रह
वि.सं.२०८३ असोज २० मंगलवार १३:११
437
shares
shares

काठमाडौँ । चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण र नारायणगढ बजार संरक्षणका लागि पहल गर्न रास्वपा सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्।
उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले लामिछानेलाई भेटेर नदी कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि दीर्घकालीन तटबन्ध र नदी व्यवस्थापनको काम अघि बढाउन माग गरेको हो।
जवाफमा लामिछानेले सम्बन्धित मन्त्री र सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्ध निर्माण तथा नदी व्यवस्थापन अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले छिट्टै प्राविधिक टोली पठाएर अध्ययन गराउने आश्वासनसमेत दिनुभएको सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो।














