दशैं–तिहारका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
वि.सं.२०८३ असोज २० मंगलवार १३:३६
1.77K
shares
shares

काठमाडौँ । दशैं तथा तिहारलाई लक्षित गर्दै असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ।
यातायात विभागमा व्यवसायी तथा सरोकारवालाबीच बसेको संयुक्त बैठकले अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो। चाडपर्व अवधिभर देशभरका सार्वजनिक सवारीका लागि रुट परमिट आवश्यक नपर्ने व्यवस्था पनि गरिएको छ।
यस्तै, सडकमा हुने जाम कम गर्न अत्यावश्यक सामग्री बोकेका बाहेक ठूला सवारीलाई काठमाडौं उपत्यका प्रवेश तथा बाहिरिन रोक लगाउने निर्णय भएको छ। खाद्यान्न, औषधि, इन्धन र दूध बोकेका सवारीमा भने यो रोक लागू हुने छैन।














