यस वर्षको वडा दशैको टीकाको साइत बिहान १०:२६ मिनेटमा
२०८३ सालको दशैं शुक्र अस्तमा भएपनि ढुक्क भएर टीका ग्रहण गर्न मिल्ने धर्मशास्त्रबिद्हरुको भनाई रहेको छ । यसपटकको दशैं शुक्र अस्तमा परेकोले धेरैलाई दुबिधा परेको हुन सक्छ । (असोज २८ गते देखि कार्तिक ११ सम्म (१४ अक्टोबर - २८ अक्टोबर सन् 2026) सम्म्को अवधिमा शुक्र अस्त रहेको छ ।)
वि.सं.२०८३ असोज २० मंगलवार २२:४९
shares

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको वडा दशैको टीकाको साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ मिनेट उत्तम रहेको जनाएको छ ।
समितिले विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे उत्तम रहेको र सोही दिन बिहान ०८ः४९ मा देवी विसर्जनको साइत रहेको जनाएको हो ।
समितिले पश्चिम फर्केर टीका लगाउनुपर्ने पनि जनाएको छ ।
विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएको छ ।
आगामी असोज २५ गते आइतबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि असोज २५ गते बिहान ११ः४७ बजेको साइत शुभ रहेको पनि समितिले जनाइएको छ ।
असोज ३१ गते शनिबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान ०७ः३७ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान १०ः३९ बजे रहेको समितिले जनाएको छ ।
कात्तिक १ गते आइतबार महाअष्टमी पर्व परेको छ । यश वर्ष कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि नै परेको छ । कात्तिक ३ गते मङ्गलबार महानवमी पर्व परेको छ भने कात्तिक ४ गते बुधबार विजयादशमी पर्व परेको छ ।
कात्तिक ८ गते आइतबार कोजाग्रतव्रत र पूर्णिमा व्रत परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैं पर्व समापन हुनेछ। कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा परेको पनि समितिले जनाएको छ ।
यसैबीच, २०८३ सालको दशैं शुक्र अस्तमा भएपनि ढुक्क भएर टीका ग्रहण गर्न मिल्ने धर्मशास्त्रबिद्हरुको भनाई रहेको छ । यसपटकको दशैं शुक्र अस्तमा परेकोले धेरैलाई दुबिधा परेको हुन सक्छ ।
(असोज २८ गते देखि कार्तिक ११ सम्म (१४ अक्टोबर – २८ अक्टोबर सन् 2026) सम्म्को अवधिमा शुक्र अस्त रहेको छ ।)
घटस्थापना असोज २५ गते अर्थात् ११ अक्टोबर सन् २०२६ मा परेको छ । फूलपाती: कार्तिक १ गते, १७ अक्टोबर २०२६,महाअष्टमी: कार्तिक २ गते, १८ अक्टोबर,महानवमी: कार्तिक ३ गते, १९ अक्टोबर र विजया दशमी टीका: कार्तिक ४ गते, बुधबार, २१ अक्टोबर सन् २०२६ को बिहान ११:५३ बजे परेको छ। यस्तै कोजाग्रत पूर्णिमा:कार्तिक ८ गते, २५ अक्टोबर सन् २०२६ मा पर्न गएको छ ।
तर धेरैमा शुक्र अस्त भएकोले टीका लगाउन हुन्छ कि हुदैन भन्ने पनि रहेको पाईएको छ । वास्तवमा शुक्र ग्रह सूर्यको नजिक भएर तेज हराउदा शुक्र अस्त भएको मानिन्छ । यही समयमा विवाह, व्रतबन्ध र गृहप्रवेश जस्ता _नयाँ_ मांगलिक काम गर्नु शुभ नमानिएको हो तर दशैको टीका लगाउन भने कुनै बाधा नपुग्ने धर्म शास्त्रविद्हरुको भनाइ रहेको छ ।दशैंको टीका नयाँ मांगलिक कार्य नभइ धर्म र परम्परासंग जोडिएको हुनाले पनि दशैको टीका लगाउन शुक्र अस्तले बाधा नपुग्ने शास्त्रीय मान्यता रहेको जानकारहरुले बताएका छन् ।
















