२०८३ असोज २४ गते, शनिबार तदनुसार १० अक्टोबर २०२६ को राशिफल
वि.सं.२०८३ असोज २४ शनिवार ०६:००
shares

२०८३ असोज २४ गते, शनिबार तदनुसार १० अक्टोबर २०२६ आश्विन कृष्णपक्ष औंसी तिथि (सोह्र श्राद्धको अन्तिम दिन) आज पितृ बिसर्जन, औंसी श्राद्ध । आश्विन कृष्ण (पितृ पक्ष ) समाप्त। नक्षत्रः हस्ता रात्रि ९ः४२ सम्म, योगः इन्द्र, सूर्योदयः बिहान ६ः०४ बजे सूर्यास्तः साँझ ०५ः४० सूर्य राशिः कन्या, चन्द्र राशिः कन्या राहुकालः बिहान ९ः०० बजेदेखि १०ः२८ सम्म राहुकालको समयमा शुभ कार्य नगर्नु होला ।
रोकिएका कार्यहरू सुचारु हुनेछन्। शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ र प्रतिस्पर्धामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। पितृकार्य वा धार्मिक काममा सहभागिता हुनसक्छ। शुभ रङ्गः पहेंलो । शुभ अङ्कः ९
बौद्धिक कार्य र अध्ययनमा रुचि बढ्नेछ। सन्तानका तर्फबाट सन्तोषजनक समाचार प्राप्त हुनेछ। व्यापार–व्यवसायमा नयाँ योजनाहरू बन्न सक्छन्, तर लगानी गर्दा सतर्कता अपनाउनुहोला। शुभ रङ्गः सेतो । शुभ अङ्कः ५
घरायसी वातावरणमा केही मानसिक अशान्ति वा चिन्ता देखिन सक्छ। आमाको स्वास्थ्यमा ध्यान दिनुहोला। जग्गाजमिन तथा भौतिक साधनको प्रयोग गर्दा विशेष होसियारी अपनाउनु उपयुक्त हुनेछ।शुभ रङ्गः हरियो । शुभ अङ्कः ४
आत्मबल र पराक्रममा वृद्धि हुनेछ। भाइबहिनी वा मित्रहरूको पूर्ण सहयोग मिल्नेछ। छोटो दूरीको फलदायी यात्राको सम्भावना छ। रोकिएका कामहरू सम्पादन हुनेछन्। शुभ रङ्गः गुलाबी । शुभ अङ्कः ३
आर्थिक दृष्टिकोणले दिन लाभदायी रहनेछ। रोकिएको धन फिर्ता आउने वा नयाँ आम्दानीको स्रोत फेला पर्ने योग छ। बोलीको प्रभाव बढ्नेछ, तर परिवारमा अनावश्यक तर्कवितर्कबाट बच्नुहोला। शुभ रङ्गः रातो । शुभ अङ्कः २
चन्द्रमा आफ्नै राशीमा रहेकाले मनमा प्रसन्नता र नयाँ ऊर्जा सञ्चार हुनेछ। निर्णय क्षमतामा वृद्धि हुनेछ। मान–सम्मान मिल्नेछ र व्यक्तित्व विकासका नयाँ अवसरहरू प्राप्त हुनेछन्।शुभ रङ्गः हरियो वा नीलो । शुभ अङ्कः १
अनावश्यक खर्च र वैदेशिक क्षेत्रतर्फ ध्यान जान सक्छ। यात्राको योग छ, तर समय र धनको सदुपयोगमा ध्यान दिनुहोला। मानसिक तनावबाट बच्न योग तथा ध्यानको सहारा लिनुहोला। शुभ रङ्गः सेतो । शुभ अङ्कः ६
आम्दानीका स्रोतहरू विस्तार हुनेछन्। इष्टमित्र र पुराना साथीहरूसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। योजना अनुसारका कामहरू समयमै पूरा भई आर्थिक फाइदा मिल्नेछ। शुभ रङ्गः सिन्दुरी । शुभ अङ्कः ११
कार्यक्षेत्रमा सफलता र नयाँ जिम्मेवारी मिल्ने योग छ। उच्च पदस्थ व्यक्तिहरूबाट सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। सामाजिक काममा प्रतिष्ठा बढ्नेछ। शुभ रङ्गः पहेंलो । शुभ अङ्कः १०
भाग्यको साथ रहने हुनाले अधुरा कामहरू सजिलै सम्पन्न हुनेछन्। धार्मिक, आध्यात्मिक र पितृकार्यमा मन जानेछ। लामो दूरीको शुभ यात्राको सम्भावना छ। शुभ रङ्गः कालो वा नीलो । शुभ अङ्कः ९
अष्टम चन्द्रमाको प्रभाव रहने हुनाले स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला। सवारी साधन चलाउँदा वा यात्रा गर्दा सावधानी अपनाउनुहोला। गोप्य कुराहरू सार्वजनिक नगर्नु हितकर हुनेछ। शुभ रङ्गः आकाशी नीलो । शुभ अङ्कः ८
अष्टम चन्द्रमाको प्रभाव रहने हुनाले स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला। सवारी साधन चलाउँदा वा यात्रा गर्दा सावधानी अपनाउनुहोला। गोप्य कुराहरू सार्वजनिक नगर्नु हितकर हुनेछ। शुभ रङ्गः आकाशी नीलो । शुभ अङ्कः ८
~ज्यो.कलानिधी WhatsApp 9803032959
























