NIMB Long Banner Ad

सडक क्षतिग्रस्त बनेपछि मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याउन व्यापारीलाई कठिन

391
shares

बेनी। बाढीपहिरो र कालीगण्डकी नदीको कटानले बेनी–जोमसोम सडक क्षतिग्रस्त बनेपछि दसैँतिहारका लागि मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याउन व्यापारीलाई कठिन भएको छ।

सात दिनको पैदल यात्रा गरेर म्याग्दी आइपुगेका व्यापारीले पहिरोको जोखिम मोलेर भेडाच्याङ्ग्रा बजारसम्म पुर्‍याइरहेका छन्। अपर मुस्ताङबाट ४६० भेडाच्याङ्ग्रा ल्याउनुभएका धनप्रसाद कुमाईले सडकको जोखिमका कारण यात्रा कठिन बनेको बताउनुभयो।

उहाँका अनुसार बैसरीको पहिरो क्षेत्र पार गरेपछि भेडाच्याङ्ग्रालाई गाडीमा राखेर काठमाडौँ लैजाने तयारी छ। एउटा च्याङ्ग्राको मूल्य ४० देखि ४५ हजार रुपियाँसम्म पर्ने उहाँले बताउनुभयो। लामो यात्रा र बढ्दो ढुवानी खर्चले यस वर्ष भेडाच्याङ्ग्राको मूल्यसमेत बढेको छ।