NIMB Long Banner Ad

बूढीगण्डकी बाढीले ठूलो क्षतिः पाँच जना सम्पर्कविहीन, ४७ जनाको उद्धार

483
shares

काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले घर, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीमा पाँच जना सम्पर्कविहीन रहेका छन् भने ४७ जनाको सकुशल उद्धार गरिएको छ ।

चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि लेदो र गेग्रानसहितको बाढी आएको प्रारम्भिक अनुमान छ ।

बाढीले बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प, निर्माण उपकरण, दुई टेलिफोन टावर र ५० विद्युत् पोलमा क्षति पुर्‍याएको छ । गोरखा–धादिङ जोड्ने पक्की पुलसहित विभिन्न झोलुङ्गे पुलसमेत बगाएको छ ।

उद्धारका लागि नेपाली सेनाका चार हेलिकप्टरसहित ४३७ सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।