बुढीगण्डकी बाढीबाट ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
वि.सं.२०८३ असोज २५ आइतवार २०:२७
667
shares
shares

काठमाडौँ । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले हालसम्म ९५ जनाको उद्धार गरेको छ ।
सेनाका अनुसार उद्धार गरिएकामध्ये नौ विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौँ ल्याइएको छ । उद्धारका लागि एमआई–१७ सहित चार हेलिकोप्टर र स्थलमार्गबाट सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैबीच, बाढीले बगाएको आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलको विकल्पमा बेलिब्रिज जडान गर्न सेनाको इन्जिनियरिङ टोली परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।















