NIMB Long Banner Ad

२०८३ असोज २६ गते सोमबार तदनुसार १२ अक्टोवर सन् २०२६को राशिफल

1.68K
shares

२०८३ असोज २६ गते सोमबार तदनुसार १२ अक्टोवर सन् २०२६आश्विन शुक्ल दुर्गापक्ष द्वितीया तिथि,नक्षत्र चित्रा,चन्द्रमा तुला राशिमा, आज नवरात्रको दोस्रो दिन,आज (आश्विन शुक्ल द्वितीया) घर–घरका दसैँ घर, पूजा कोठा तथा देशभरका शक्तिपीठहरूमा नौ दुर्गामध्येकी दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। घटस्थापनाको दिन शैलपुत्री देवीको आह्वान गरी घटस्थापना र जमरा राखिएको थियो भने, आज दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विशेष पूजा गरिँदैछ। ब्रह्मचारिणी देवीको विशेषताः ’ब्रह्म’ शब्दको अर्थ तपस्या र ’चारिणी’ को अर्थ आचरण गर्ने भन्ने बुझाउँछ। अर्थात् तपको आचरण गर्ने देवीका रूपमा ब्रह्मचारिणीलाई चिनिन्छ। जिन्दगीका कठिन परिस्थितिमा पनि अडिग रहने र संयम एवं तपस्याबाट सिद्धि प्राप्त गर्ने देवीको रूपमा लिने गरिन्छ । आज बिहानैदेखि विभिन्न देवी मन्दिर तथा शक्तिपीठहरूमा पूजाआजा र दर्शन गर्ने भक्तजनहरूको भीड लागेको छ ।

image

शुभ समाचारले मनमा शान्ति र सन्तोष ल्याउनेछ। गोप्य रणनीति सफल हुने सम्भावना छ। कृषि तथा पशुपालनबाट अपेक्षा अनुसार लाभ नमिले पनि व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग छ।

image

सांस्कृतिक तथा सामाजिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ। प्रेम तथा मित्रताको सम्बन्ध अझ आत्मीय बन्नेछ भने दाम्पत्य जीवनमा सुख र सन्तोष प्राप्त हुनेछ।

image

मनपर्ने वस्त्र, आभूषण वा उपहार प्राप्त हुने सम्भावना छ। गोप्य योजना सफलतापूर्वक अघि बढ्नेछ। महिला वर्गबाट विशेष सहयोग प्राप्त हुनेछ।

image

मनमा केही अन्योल उत्पन्न हुन सक्छ। महत्त्वपूर्ण कार्यमा अवरोध आउन सक्ने भएकाले धैर्यपूर्वक अघि बढ्नुहोला। प्रेममा पुरानो अविश्वासको विषय फेरि उठ्न सक्छ।

image

पराक्रम बढ्ने, धन लाभको योग। आजको चन्द्रमा तपाईंको साहस भावमा भएकाले नेतृत्व क्षमता बढ्नेछ। व्यापारमा नयाँ अवसर।आर्थिक लाभको संकेत, मान सम्मान बढ्ने।

image

कार्यक्षेत्रमा प्रगति, सामाजिक प्रतिष्ठा बढ्ने। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। अत्यधिक आत्मविश्वासले अहंकार ल्याउन सक्छ सचेत रहनु।

image

आज तुलाको लागि स्कोर्पियोमा चन्द्रमा भएकाले गहिरो सोच र रूपान्तरणको दिन हो। सम्बन्धमा विश्वास बढाउन खुला कुराकानी गर्नुपर्ने समय।

image

आज तपाईंको राशिमै चन्द्रमा – ध्बहष्लन ऋचभकअभलत ःययल ष्ल क्अयचउष्य ले तीव्रता र फोकस दिन्छ। मनको कुरा लुकाउनुभन्दा स्पष्ट भन्नु राम्रो। आर्थिक कारोबारमा होसियार रहनु।

image

रमणीय यात्रा, पुनर्मिलनको योग। प्रयत्न गरे बढी फाइदा लिन सकिने दिन।भाग्यले साथ दिने, रोकिएको काम बन्ने।

image

काममा व्यस्तता, खर्च ज्यादा हुन सक्छ। मित्रले व्यर्थको विवाद गर्न सक्छन् खर्च जोगाउनु राम्रो। रमणीय यात्रा, पुनर्मिलनको योग। प्रयत्न गरे बढी फाइदा लिन सकिने दिन।

image

कुम्भले अनलाइन व्यवसायबाट सफलता पाउने योग छ। नयाँ प्रविधि र डिजिटल कामबाट लाभ।स्वास्थ्यमा सुधार, नयाँ योजना बन्ने।

image

मीनको सुखदुःख मिश्रित रहने, परिवारको साथ मिल्नेछ तर खर्चको चिन्ता पनि। स्वास्थ्यमा ध्यान दिनुहोला।प्रेम सम्बन्धमा सुधार, दसैंको उमंग बढ्ने।

~ज्यो.कलानिधी WhatsApp 9803032959