NIMB Long Banner Ad

पहिरोले नदी थुनेर बनेको बाँध फुट्दा बुढीगण्डकीमा बाढी आएको इसिमोडको निष्कर्ष

621
shares

काठमाण्डौ – गोरखाको चुमनुब्री गाउँपालिका–६, चुमचेतनजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढीगण्डकीमा आकस्मिक बाढी आएको प्रारम्भिक निष्कर्ष अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले निकालेको छ।

इसिमोडका अनुसार हिजो बिहान करिब ४ बजेतिर शुरू भएको बाढीले बुढीगण्डकी करिडोर हुँदै लेदो, गेग्रान र फोहोर बगाएर तल्लो क्षेत्रमा पुर्‍याएको थियो।

बुढीगण्डकीमा दुई वर्षअघि पनि बाढी आएको उल्लेख गर्दै इसिमोडले हिमाली नदी प्रणालीमा विनाशकारी बाढी निम्त्याउन सक्ने जोखिम रहेको जनाएको छ। यस्ता घटनाले पर्वतीय क्षेत्रमा जोखिम बढ्दै गएकोप्रति इसिमोडले चिन्ता व्यक्त गरेको छ।