आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
वि.सं.२०८३ असोज २६ सोमवार ०९:२८
598
shares
shares

काठमाडौँ – नवरात्रको दोस्रो दिन आज नौ दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ।
नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यस दिन पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गरिन्छ। नौ दिनसम्म पूजा गरी राखिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ। हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आज















