NIMB Long Banner Ad

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड रुपैयाँ मौज्दात

690
shares

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आजसम्म दुवै कोषका विभिन्न खातामा १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ मौज्दात रहेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा १२ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी मौज्दात छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर जम्मा भएको छ ।

सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।