NIMB Long Banner Ad

आजदेखि देशभर रुट परमिट खुला

273
shares

काठमाडौँ । दशैँलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले आजदेखि देशभर लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गरेको छ ।

घटस्थापनादेखि कात्तिक १० गतेसम्म लागू हुने व्यवस्थाअनुसार सवारीसाधनले जुनसुकै जिल्लामा यात्रु लिएर जान पाउनेछन् ।

दशैँका लागि गत शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नयाँ बसपार्क, बल्खु, फर्पिङ, कलंकी, नागढुंगा, हलचोक, चाबहिल, कोटेश्वर, भीमढुंगा चेकपोस्ट, तीनपिप्ले, टोखा, साँखु बसपार्क, नाङ्लेभारे चेकपोस्ट, जगाती चोक र चापागाउँ चेकपोस्टमा सहायता कक्ष स्थापना गरिएको छ ।