इमानदारिता र अनुशासनमा सम्झौता नगर्न प्रहरीका महानिरीक्षक कार्कीको आग्रह
वि.सं.२०८३ असोज २६ सोमवार १४:२१
1.27K
shares
shares

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ र पदीय अधिकारको दुरुपयोग नगर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षकको दीक्षान्त समारोहमा उहाँले प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणबाट देखिनुपर्ने बताउनुभयो । उहाँले इमानदारिता, अनुशासन र जनताप्रतिको जिम्मेवारीमा सम्झौता नगर्न आग्रह गर्नुभयो ।
समारोहमा प्रधानमन्त्री वालेन्द्र शाहले सर्वोत्कृष्ट प्रशिक्षार्थी चोपबहादुर डेँगालाई पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।














