NIMB Long Banner Ad

एक महिनाको तलब बराबर चाडपर्व खर्च दिन सरकारको निर्देशन

273
shares

काठमाडौं । सरकारले निजी क्षेत्रका श्रमिक, शिक्षक तथा कर्मचारीलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा निजी विद्यालयका छाता सङ्गठनहरूलाई पत्राचार गर्दै चाडपर्व खर्च उपलब्ध गराउन ताकेता गरेको हो ।

श्रम ऐन, २०७४ अनुसार प्रत्येक श्रमिकले वर्षमा एक पटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ । उक्त सुविधा नदिने रोजगारदातामाथि कानुनी कारबाही गरिने विभागले जनाएको छ ।