सडक मर्मतका लागि पृथ्वी राजमार्ग राति बन्द गरिने
वि.सं.२०८३ असोज २६ सोमवार १५:१६
2.05K
shares
shares

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा आज राति सडक बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सडक मर्मतका लागि राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ ।
त्रिशूली नदीको कटानका कारण भासिएको सडकमा थप मर्मत गर्न लागिएको हो ।














