लगानीमैत्री कानुन निर्माणको चरणमा सरकार – मन्त्री गौतम
वि.सं.२०८३ असोज २६ सोमवार १८:५३
shares

चितवन, असोज २६ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन संशोधन गरिने बताउनुभएको छ ।
चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले कानुनी अस्पष्टताका कारण उद्योगी व्यवसायीले भोग्नुपरेका प्रशासनिक झन्झट हटाउन सरकार लागिपरेको बताउनुभयो ।
मन्त्री गौतमले कानुन संशोधनका लागि आवश्यक तयारी र छलफल भइरहेको उल्लेख गर्दै दीर्घकालीन समस्या समाधान हुने गरी कानुन निर्माण गरिने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका उद्योगमन्त्री राजेन्द्र प्रजापतिले उद्योगी व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष शोभा गुरुङले बाढी प्रभावित उद्योग पुनःस्थापनाका लागि सरकारी सहयोग आवश्यक रहेको बताउनुभयो ।














