NIMB Long Banner Ad

दसैँ मनाउन उपत्यका छाड्नेको संख्या बढ्यो, १ लाख ८७ हजार बाहिरिए

368
shares

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढेको छ। घटस्थापनायता सार्वजनिक गाडीमार्फत १ लाख ८७ हजारभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ७८ हजारभन्दा बढी यात्रुले उपत्यका छाडेका छन्। त्यस्तै, अग्रिम बस टिकट बुकिङमार्फत अहिलेसम्म १ लाख ३० हजार १२९ जनाले टिकट लिइसकेका छन्।

यात्रुको चाप बढे पनि बिग्रिएका सडकका कारण यातायात सञ्चालनमा समस्या भएको व्यवसायीले बताएका छन्। उहाँहरूले यात्रुलाई अनिवार्य टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडादर बुझ्न र सुरक्षित यात्रामा ध्यान दिन आग्रह गर्नुभएको छ।