महाकालीमा बेपत्ता सशस्त्र प्रहरीको शव पाँच दिनपछि भेटियो
वि.सं.२०८३ असोज २८ बुधवार १३:५०
207
shares
shares

कञ्चनपुर, असोज २८ गते । महाकाली नदीमा बेपत्ता हुनुभएका सशस्त्र प्रहरीका सहायक निरीक्षक सन्दीप थारुको शव पाँच दिनपछि फेला परेको छ।
क्षतिग्रस्त दोधारा चाँदनी झोलुङ्गे पुलमा नेपाल टेलिकमको चुँडिएको तार तान्ने क्रममा गत शनिबार रबर बोट अनियन्त्रित हुँदा उहाँ बेपत्ता हुनुभएको थियो।
प्रहरीका अनुसार थारुको शव पुल क्षेत्रमा तैरिरहेको अवस्थामा फेला परेको हो। उहाँका परिवारले प्राविधिक काममा खटाउनु गम्भीर त्रुटि भएको आरोप लगाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।














