NIMB Long Banner Ad

कांग्रेसका नवनिर्वाचित पदाधिकारीको शपथ बिहीवार

1.4K
shares

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यले आउँदो बिहीवार कात्तिक १२ गते शपथ लिने भएका छन्।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बीपी नगरमा शपथ ग्रहण कार्यक्रम आयोजना हुनेछ।

सभापतिमा निर्वाचित गगनकुमार थापाले असोज ३१ गते नै शपथ ग्रहण गरी पदबहाली गरिसक्नुभएको छ। बाँकी पदाधिकारी तथा सदस्यको शपथ भने हुन बाँकी छ।