सुनको मूल्य एकैदिन १३ हजार ३ सय रुपैयाँले बढ्यो
वि.सं.२०८३ कात्तिक १९ बिहीवार ११:१५
184
shares
shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको हो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ। बुधबार चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।















