आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की पुगे सर्वोच्च
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १५:२५
851
shares
shares

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको छ। उहाँले वारेसमार्फत रिट पेस गर्दै आईजीपी पदमा पुनर्बहालीको माग गर्नुभएको हो।
सर्वोच्च अदालत प्रशासनका अनुसार रिटमाथि अध्ययन भइरहेको छ। हालसम्म रिट दर्ता भने भइसकेको छैन।
सरकारले बुधबार कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। उहाँको स्थानमा नेपाल प्रहरीको अनुसन्धान विभागमा कार्यरत अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० मनोज केसीलाई आईजीपी नियुक्त गरिएको थियो।















