एनपीएलमा सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १४:१६
598
shares
shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गरेको आरोपमा काठमाडौँबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार घर भई काठमाडौँ महानगरपालिका–१७ ठमेल बस्ने ३२ वर्षीय सोनु कुमार सिन्हा रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।















