NIMB Long Banner Ad

त्रिविले फिर्ता ल्यायो ७०५ रोपनी जग्गा

552
shares

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाण्डौ उपत्यकाभित्र विभिन्न निकाय, सङ्घसंस्था तथा व्यक्तिले लामो समयदेखि ओगटेको ७०५ रोपनी जग्गा फिर्ता ल्याएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका जग्गा फिर्ता ल्याइएको हो ।

त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन र आन्तरिक अभिलेखका आधारमा सञ्चालन गरिएको अभियानअन्तर्गत ३५ दिने समयसीमा तोकेर अनधिकृत संरचना हटाउने र सम्झौता नवीकरण नभएका जग्गा विश्वविद्यालयको स्वामित्वमा ल्याइएको हो ।