NIMB Long Banner Ad

लुम्बिनीको तेस्रो जित, जनकपुर १६ रनले पराजित

621
shares

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै तेस्रो जित निकालेको छ ।

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । जनकपुरका हरमीत सिंहले ३३ र आदित्य महतोले नटआउट ३० रन बनाए । लुम्बिनीका डार्सी शर्टले ३ तथा शेर मल्ल र तिलक भण्डारीले २र२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । जनकपुरका विशाल सुशलिङ र राहुल यादवले २र२ विकेट लिए ।

जितसँगै लुम्बिनी ४ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । लुम्बिनी प्रतियोगिताको एक्लो अपराजित टोली हो । जनकपुर ४ अङ्कसहित चौथो स्थानमा छ ।

एनपीएलमा आज बेलुकी ५ बजे वीरगञ्ज किङ्ग्स र काठमाण्डौ गोर्खाजबीच खेल हुनेछ ।