बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते
वि.सं.२०८३ कात्तिक १९ बिहीवार ११:२७
1.96K
shares
shares

काठमाडौँ । बैतडीको मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
गए राति डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएको थियो। उपचारका क्रममा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको राति ८ः३५ बजे मृत्यु भएको हो।
घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।















