नेप्सेमा दोहोरो अङ्कको गिरावट, २११ कम्पनीको सेयर मूल्य घट्यो
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १५:३७
529
shares
shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक बिहीबार १२.९५ अङ्कले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ।
आज बजारमा ३४९ कम्पनीको १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये २११ वटाको सेयर मूल्य घटेको छ भने ५६ वटाको बढेको छ। १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। यसको १८ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। समूहगत रूपमा माइक्रोफाइनान्सबाहेक सबै समूह घटेका छन्।















