प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट, भारत–नेपाल सम्बन्धबारे छलफल
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १४:५४
shares

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
दुई दिने नेपाल भ्रमणमा रहनुभएका मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको हो।
भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, कनेक्टिभिटी तथा सांस्कृतिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मिस्रीले नेपालको विकास र समृद्धिमा भारत सरकारको निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका क्रममा नेपाल आउनुभएका मिस्रीले यसअघि परराष्ट्र, अर्थ र ऊर्जा मन्त्रीसहित परराष्ट्र सचिवसँग पनि भेटवार्ता गर्नुभएको थियो।
प्रधानमन्त्री शाहले आगामी मङ्सिर पहिलो साता भारत भ्रमण गर्ने बताइए पनि औपचारिक मिति भने सार्वजनिक भएको छैन।















