NIMB Long Banner Ad

तिहारका लागि आज र भोलि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गरिँदै

575
shares

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आज र भोलि सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री गरिनेछ ।

प्रतिव्यक्ति साढे २ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामका लक्ष्मी तथा गणेश अङ्कित चाँदीका सिक्का एक–एक थान खरिद गर्न सकिनेछ ।

खरिदका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।