प्रधानमन्त्री शाह र जापानी प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, नेपाललाई थप राहत पठाउँदै जापान
वि.सं.२०८३ भदौ १६ मंगलवार ११:५०
shares

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच आज टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भएको टेलिफोन वार्ताका क्रममा ताकाइचीले भोटेकोशी हिमबाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति समवेदना प्रकट गरे। उनले विपद्को घडीमा जापान सरकार नेपालसँगै रहेको बताए।
बाढीपछि सम्पर्कविहीन भएका पाँच जापानी नागरिकको तत्काल खोजी तथा उद्धार गर्न जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आग्रह गरेको छन्।
प्रधानमन्त्री शाहले उद्धार तथा विपद् व्यवस्थापनका लागि सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउँदै जापान सरकार र जनताबाट प्राप्त सहयोग तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गरे।
वार्ताका क्रममा जापानले नेपालका लागि राहत तथा उद्धार सामग्रीको अर्को खेप छिट्टै पठाउने तयारी भइरहेको जानकारीसमेत दिएको छ।
















