NIMB Long Banner Ad

छ विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त, कुन विश्वविद्यालयमा को ?

156
shares

काठमाडौँ। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित छ विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा रजिस्ट्रार तथा त्रिविको शिक्षाध्यक्ष नियुक्त गरेका हुन्।

त्रिविको शिक्षाध्यक्षमा प्रा.डा. अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन्। यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा, पोखरा विश्वविद्यालयमा प्राडा निर्मला जमरकट्टेल, सुदूरपश्चिम विश्वविद्यालयमा प्राडा तारादत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा सहप्राध्यापक डा। सुदिप ठकुरी र राजर्षि जनक विश्वविद्यालयमा डा. जीवन काफ्ले नियुक्त भएका छन्।

नवनियुक्त पदाधिकारीले आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथ कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि र अनुसन्धानमुखी शिक्षाका लागि प्रभावकारी समन्वय र सहकार्य गर्न निर्देशन दिए। उनले विश्वविद्यालयको सुधारका लागि मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने बताए।