बाढी प्रभावित बालबालिकाको गोपनीयता र मर्यादा कायम राख्न आग्रह
वि.सं.२०८३ भदौ १६ मंगलवार १२:१४
247
shares
shares

काठमाडौँ। राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढी प्रभावित बालबालिकाको तस्बिर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक नगर्न अपिल गरेको छ।
परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले आज सूचना जारी गर्दै बालबालिकाको गोपनीयता र मर्यादा कायम राख्न आग्रह गरेका हुन्। भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर र भिडियो सार्वजनिक नगर्न परिषद्ले आग्रह गरेको हो।
फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक नगर्न परिषद्ले संघसंस्था, सरकारी निकाय तथा सरोकारवालालाई अनुरोध गरेको छ।
















