NIMB Long Banner Ad

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् मुख्य कार्यसूची

221
shares

काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ। प्रतिनिधिसभा दिउँसो १ बजे र राष्ट्रियसभा १ः१५ बजे बस्नेछ।

प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोष, भुक्तानी तथा फर्छ्यौट र कर्मचारी सञ्चय कोषसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, कानुनमन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाको परिषद्को सदस्यता प्राप्त गर्ने प्रस्तावमाथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा पूर्वसांसद शुक्रराज संयोकको निधनप्रति शोक प्रस्ताव पनि पेश गरिनेछ।

राष्ट्रियसभामा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगका दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। साथै, नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।