आजको राशिफल २०८३ साल भाद्र २५ तदनुसार १० सेप्टेम्बर सन् २०२६
वि.सं.२०८३ भदौ २५ बिहीवार ०९:०१
shares

काठमाण्डौ । पञ्चाङ्ग: वि.सं. २०८३ भाद्र २५ बिहिबार, ई.सं. 10 September 2026 नेपाल संवत् ११४६ गुलागा चतुर्दशी, रौद्र संवत्सर, दक्षिणायन, वर्षा ऋतु, पक्ष: भाद्र कृष्णपक्ष चतुर्दशी १०:०४ बजेसम्म, त्यसपछि औंसी, नक्षत्र: मघा १४:४८ बजेसम्म, त्यसपछि पूर्वफाल्गुनी,योग: सिद्ध २१:०५ बजेसम्म,त्यसपछि साध्य, करण:शकुनि,चन्द्रराशि: सिंह, सूर्यराशि: सिंह,सूर्योदय: ०५:४७, सूर्यास्त: १८:१७ / १८:१३,आज जन्मिने बच्चा सिंह राशिको हुनेछ ।आज विश्व आत्महत्या रोकथाम दिवस । यात्रामा निस्कदै हुनुहुन्छ भने *दही खाएर* निस्कनु शुभ हुनेछ ।
काममा नयाँ बाटो खुल्न सक्छ, वरिष्ठ व्यक्तिसँगको भेटघाट उपयोगी बन्नेछ। व्यापारमा नयाँ ग्राहक थपिन सक्छ, तर ठूलो लगानी हतारमा नगर्नु। प्रेममा पुरानो असमझदारी हट्नेछ।
सुख-सुविधा र आर्थिक पक्षमा सकारात्मकता, धैर्य र व्यवहारिक सोचको प्रशंसा हुनेछ। पुरानो सम्पर्कबाट फाइदा, परिवारमा खुसीको वातावरण।
तर्क र अभिव्यक्ति क्षमता बलियो, जटिल विषय छलफलबाट समाधान हुनेछ। नयाँ सहकार्यको प्रस्ताव आउन सक्छ।
आम्दानी बढ्ने र रोकिएको रकम फिर्ता हुने योग। परिवारको सहयोगले काम सहज बन्नेछ, तर बोलीमा मिठास राख्नुपर्ने।
आत्मबल र तेज वृद्धि, नयाँ कार्य शुभारम्भ गर्न उपयुक्त। प्रतिष्ठा बढ्नेछ, तर अहंकारले सम्बन्ध बिगार्न नदिनु।
अप्रत्याशित खर्च र थकानको सम्भावना, गोप्य शत्रुबाट सावधान रहनु। ध्यान र आत्मचिन्तनले मन शान्त रहनेछ।
आयका स्रोतमा वृद्धि, नयाँ सम्पर्कले फाइदा दिलाउन सक्छ। सामाजिक प्रतिष्ठा बढ्ने दिन।
पेशागत उन्नति र उच्च अधिकारीको समर्थन मिल्नेछ, जिम्मेवारी बढे पनि कार्यसम्पादन राम्रो हुनेछ।
भाग्यबल बढ्ने, धार्मिक यात्रा र अध्ययनमा रुचि बढ्ने, पुरानो रोकिएको काम बन्ने।
स्वास्थ्य र गोप्य विषयमा सावधानी अपनाउनु, आर्थिक कारोबारमा संयमता आवश्यक।
दाम्पत्य र साझेदारीमा सुखद, व्यापारमा नयाँ सम्झौता हुन सक्छ।
शत्रु पराजित हुने, रोग र ऋणबाट मुक्ति मिल्ने, काममा सफलता हात लाग्नेछ।
~ज्यो. कलानिधी WhatsApp 9803032959
























