NIMB Long Banner Ad

बजारमा एलपी ग्यासको अभाव चुलिँदै, ग्यास आपूर्ति भैरहेको उद्योगीको दाबी

851
shares

काठमाण्डौ । बजारमा एलपी ग्यासको अभाव चुलिँदै गए पनि नेपाल एलपी ग्यास उद्योग संघले भने मागअनुसार आपूर्ति भइरहेको दाबी गरेको छ।

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि ग्यास बोकेका बुलेट काठमाण्डौ आउन नसकेका हुन्। त्यसपछि नेपाल आयल निगमको निर्देशनमा काठमाण्डौ, काभ्रे र धादिङका सिलिन्डर अन्य जिल्लाका उद्योगबाट भरेर उपत्यकामा बिक्री गर्ने व्यवस्था गरिएको संघले जनाएको छ।

संघले विपत्तिका बेला उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ। तर, आपूर्ति सहज भएको दाबी गरिए पनि बजारमा उपभोक्ताले ग्यास सहज रूपमा पाउन सकेका छैनन्।

भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि उपत्यकामा ग्यास भित्रिने क्रम प्रभावित भएको हो। वैकल्पिक मार्गबाट ग्यास ल्याइए पनि वितरण प्रभावकारी हुन नसक्दा अभाव कायमै छ। उद्योगमन्त्रीले भने समस्या उद्योगी र कर्मचारीका कारण उत्पन्न भएको दाबी गर्नुभएको छ।