NIMB Long Banner Ad

असोज ३ गतेदेखि उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने

1.01K
shares

काठमाण्डौ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि काठमाण्डौ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ।

थप ६ वटा रुटमा २८ वटा बस सञ्चालन गर्ने निर्णय भएको हो। गोदावरी–बुढानीलकण्ठ, जगाती–रत्नपार्क–ठमेल, विमानस्थल–नागढुंगा, कीर्तिपुर–न्यूरोड–नेपाल वायुसेवा निगमलगायत रुटमा बस चलाइनेछ।

त्यस्तै, चक्रपथमा दुईतर्फी हुने गरी ८ वटा बस सञ्चालन गरिनेछ। यसबाट यात्रुले एक ठाउँमा बस परिवर्तन गरी उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सक्नेछन्।

हाल काठमाण्डौ, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठ नगरपालिकाको समन्वयमा रात्रिकालीन बस सेवा सञ्चालन हुँदै आएको छ। नयाँ रुट थपिएसँगै रातिको समयमा सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुलाई थप सहज हुने अपेक्षा गरिएको छ। यात्राका क्रममा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने व्यवस्था गरिएको छ।