मन्त्रीपरिषदको बैठक बस्दै
वि.सं.२०८३ भदौ २५ बिहीवार १०:३०
273
shares
shares

भाद्र २५ काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले आज दिउँसो ३ बजे मन्त्रीपरिषदको बैठक बोलाउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीज्यूले उक्त बैठक बोलाउनुभएको हो। बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ। सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाउनुभएको हो।
















