सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो
वि.सं.२०८३ भदौ २५ बिहीवार ११:००
559
shares
shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार ४०० रुपैयाँले बढेको हो। आज प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६२ हजार १७५ रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ।

















