ओमानविरुद्ध नेपाल १४७ रनमै अलआउट
वि.सं.२०८३ भदौ २५ बिहीवार ११:३६
416
shares
shares

काठमाण्डौ । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानलाई १४८ रनको लक्ष्य दिएको छ। नेपाल ४५ ओभर ४ बलमा १४७ रनमा अलआउट भएको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। बसिर अहमदले ४७ रन जोड्दा दीपेन्द्र र बसिरबीच ९३ रनको साझेदारी भयो। देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए।
ओमानका जय ओडेडराले ३ तथा हस्नैन शाहले पनि ३ विकेट लिए। मुहम्मद इमरानले २ विकेट लिए भने शकील अहमद र मुजिबुर अलीले १–१ विकेट लिए। ओमानले अब १४८ रनको लक्ष्य पछ्याउँदैछ।















