NIMB Long Banner Ad

बेनीमा तरवार नाचसँगै बर्खेनाच समापन

377
shares

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीमा लाखे र भगवान् श्रीकृष्णबीचको तरवार नाच प्रदर्शन गर्दै यस वर्षको बर्खेनाच समापन गरिएको छ।

हरितालिका तीजका दिन सोमबार साँझ बेनीको संगमचोकमा प्रदर्शन गरिएको लाखे वध हेर्न बजारवासीको उल्लेख्य भीड लागेको थियो। श्रीकृष्णले लाखेलाई वध गरेपछि असत्यमाथि सत्यको विजयको सन्देशसहित नाच समापन गरिएको नेपाल भाषा मंकाः खलःअन्तर्गत ल्याम्हः पुचःका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो।

नागपञ्चमीदेखि सुरु भएको बर्खेनाचमा लाखे, गोरु, घोडा, सापारु तथा नागानागिनी नाच प्रदर्शन गरिएको थियो। भोटेकोशी बाढीका कारण यस वर्ष रोपाइँ र जोगी नाच भने स्थगित गरिएको थियो।

करिब चार सय वर्ष पुरानो खप्पर लगाएर मादल, झ्याली र ढलकीको तालमा लाखे नचाउँदै बजार परिक्रमा गर्ने बर्खेनाच बेनीको सांस्कृतिक पहिचानका रूपमा रहँदै आएको छ।